• Friday 23rd of October 2026

संविधानभित्रैबाट सरकार गठन हुन्छ:जेनजी अभियन्ता सुदन गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावना अनुसार नै अन्तरिम सरकार भन्ने भन्दै संविधान खारेजी गर्न नखोजेको बताएका छन् ।

बिहीआार पत्रकार सम्मेलनमा उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका हुन् । उनले संविधान नै खारेज गर्ने कुरा आन्दोलनको नभएको बताएका हुन् ।

उनले भने, ‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने । यो संविधान पूरै त्याग गर्ने होइन,यसलाई खारेज नगर्ने । खारेज गर्‍यो भने अरूहरूले हस्तक्षेप गर्छन् । नरह्यो नेपाल, नरह्यो नेपाली रु संविधानमा संशोधन गर्नुपर्छ ।’

अध्यक्ष गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताए । उनले संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताए । त्यसपछि मात्रै अरू कामहरू अघि बढ्ने उनको भनाइ छ ।

गुरुङले एउटा आमाको कोख अहिले रित्तो भएको भन्दै आन्दोलनमा गोली हान्नेलाई नछोड्ने बताए । यो बच्चाहरूलाई ताकी–ताकी गोली हानेछ त्यसैगरी ताकी–ताकी म निकाल्छु तिनीहरूलाई । चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु । एक जनालाई छोड्दिनँ म,’उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖