२४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियार चोरी गर्नेहरूलाई सेना र सशस्त्र प्रहरीले पक्राउ गर्न थालेको छ।
तीनकुने चौकीबाट लुटिएको गोली, म्यागेजिन र हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन्।
लहानका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव र सिरहाका सन्तोष मण्डल पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट लुटिएका सामान बरामद भएको छ।
