• Friday 23rd of October 2026

बालेनकै कित्तामा कुलमान, सुशीलाको क्यविनेटमा अर्याल र कुलमान मन्त्री


  • धनकुटा खबर
  • .

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको छ ।

स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको छ ।

हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए ।

त्यसैगरी, घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिएका थिए । आजै शीतलनिवासअघि घिसिङको पक्षमा नाराजुलुस भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖