• Friday 23rd of October 2026

शंकरलाई उषाकिरणको जवाफ- विगत ११ वर्ष जसरी अब एमाले चल्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले महासचिव शंकर पोखरेलले संसद विघटनबारे दिएको अभिव्यक्तिको जवाफ फर्काएकी छन्। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएसँगै संसद विघटन गर्ने निर्णयप्रति महासचिव पोखरेलले असन्तुष्टि जनाएका थिए।

उनले भनेका थिए, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं।’

त्यसको जवाफ फर्काउँदै समाज र नागरिक र आफ्नै पार्टीका नेताहरुबाट एमाले बेखबर हुनु बिडम्बनापुर्ण भनेकी छन्।

उनले भनेकी छन्, ‘यो संसद कोही शासकले, कोही सैनिकले विघठन गरेको होइन । हाम्रो गणतन्त्रको मानक सम्माननिय राष्ट्रपतिको रोहबरमा भएको हो । निश्चय पनि अस्ति २३ र २४ गतेको अकल्पनिय दुर्घटना, हत्या र ध्वम्स बिडम्बनापुर्ण थिए । स साना नानी बाबुहरुको रगत खेर जानुहुन्न ।’

उनले निश्चित समाअवधीमा चुनाव हुनुपर्ने बताएकी छन्।

उनले थपेकी छन्, ‘एमाले आज जसरी चलेको छ, खासगरी विगत ११ बर्षमा जेजे अभ्यास भए यो सबै परिवर्तन गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖