• Thursday 22nd of October 2026

घर फर्किए नेपाली सेनाको नियन्त्रणमा रहेका निवर्तमान मन्त्रीहरू


  • धनकुटा खबर
  • .

नेपाली सेनाको नियन्त्रणमा रहेका निवर्तमान मन्त्रीहरू आजबाट घर फर्केका छन् ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाका निम्ति भनेर उनीहरूलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरू सेनाको नियन्त्रणमा रहेका थिए । सेनाले उनीहरूलाई विभिन्न गणमा राखिएको थियो ।

त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आज छोडेको छ ।

उक्त समयमा सुरक्षाका लागि भनेर सेनाले उनीहरूलाई मोबाइल चलाउन समेत रोक लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖