• Thursday 22nd of October 2026

सुदन गुरुङ को हुन् ?


  • धनकुटा खबर
  • .

सुदन गुरुङ को हुन् ? भन्ने विषयमा सोसल मिडिया भरिएको छ । मैले उनको बारेमा मसँग रहँदा जे जति बुझेको छु त्यसै सन्दर्भमा केही भन्ने धृष्टता गरेँ है । मलाई होस्टलबाट छोडेर उच्च शिक्षा अध्ययन गर्न स्कुल बाहिर गएपछिको उनको सम्बन्ध सन्दुक रूईतसँगभएको कुरा उनैले गौरव बोधका साथ मलाई भनेका थिए । अहिले जेनजी समूहबाट विशेष चर्चामा आएका यी सुदन गुरुङ नाम गरेका व्यक्तिले कालिका संस्कारकुलम बोर्डिङ स्कुल चितवन भरतपुर -२६ ज्योतिनगरबाट सानै कक्षाबाट मैसँग होस्टल परिसरभित्र रही एसएलसी परीक्षा उत्तीर्ण गरेका हुन् ।

उनको स्थायी घर भरतपुर -१८ गुन्जानगर हो । उनी मसँग रहँदा आध्यात्मिक विचारमा गहिरो आस्था भएका कोमल हृदयी विद्यार्थी थिए । तत्कालीन कालिका बोर्डिङ स्कुलमा अध्ययन गर्ने अधिकांशले उनलाई चिनजानेका छन् । हाम्रो स्कुल गाउँमा पर्छ । यो परिवेश नै कृषि कर्ममा तल्लीन कृषक र कृषि उत्पादन गर्ने स्थलको हो ।

म सम्झने गर्छुस् उनी कोमल हृदय हुनुको उत्कर्ष चरित्र कस्तो सम्म थियो भने खेत जोत्दै गरेका कृषकको हलगोरुलाई रोक्न लगाएर अँगालोले बेरेर भन्थे,-‘मान्छेले तिमीलाई यतिसम्म यो घाममा जबरजस्त जोतेका छन् । बिहान के खायौ ? अहिले तिम्रो स्वास्थ्य स्थिति कस्तो छ ?’ भन्दै म्वाई खाने गर्थेँ ।

मैले पनि अति नै अन्याय भो यो बाबुलाई भनेर यतिसम्म लेख्न बाध्य भएको हुँ । उनका समकालीन विद्यार्थी साथीहरूले यो स्ट्याटसलाई सक्दो सेयर गरिदिए थोरै भए पनि न्याय हुन्थ्यो होला ।

– सुदन गुरुङ हामी नेपाल संस्थाका अध्यक्ष हुन् ।सबै जनाले उहाँलाइ सकारात्मक रुपमा हेरिदिनुहोला।उहाँको योगदानलाइ यो देशका हरेक नागरिकले सम्मान गर्न सक्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖