नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जलेका राष्ट्रिय संरचना अवलोकन गरेपछि अब सबैले आफैभित्रको फोहोर सफा गर्ने संकल्प गर्नुपर्ने बताएका छन्।
आइतबार राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालय तथा कान्तिपुर, भाटभटेनीलगायतका क्षतिग्रस्त व्यावसायिक संरचना अवलोकनपछि उनले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै भने,
“यदि पार्टी, संस्था र समाजभित्र रहेको फोहोर सफा नगरे यस प्रकारका क्षतिको पुनरावृत्ति भइरहनेछ।”
शर्माका अनुसार सोच र रुपान्तरणमार्फत मात्र यस्तो विनाशकारी अवस्थाबाट देशलाई जोगाउन सकिने छ।
