• Thursday 22nd of October 2026

पार्टी छोड्यो भनेर भन्न भ्याइसकेछन् : तोसिमा कार्की


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले पार्टी छोड्न लागेको हल्ला निराधार भएको बताएकी छिन् ।

कार्कीले पनि पार्टी छोड्न लागेको भनेर चर्चा चलिरहेको बेला आइतबार फेसबुक मार्फत आरोपको खण्डन गरेकी हुन् ।

‘तोसिमाले पार्टी छोड्यो भनेर भन्न भ्याइसकेछन् । कम्तीमा मलाई त सोधनोस् । तोसिमाले के गर्छ वा गर्दैन भन्नुको साटो देश आज गम्भीर अवस्थामा रहेकाले के गर्न सक्छु भनेर सोच्नुहोला । यो देश हामीले सोच्दै नसोचेको अवस्थामा पुगेको छ ।

मानसिक र भावनात्मक रूपले विक्षिप्त भएको छ । शून्य अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सञ्चार माध्यमले अफवाह नफैलादिनोस्’, उनले भनिन् ।

आजै पूर्व शिक्षामन्त्री रहेकी सुमना श्रेष्ठले पार्टी छोडेकी घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖