• Wednesday 7th of October 2026

बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् ।

बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले अनलाइनखबरलाई बताए अनुसार प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै उनले तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’

विपिन र साथीहरुले प्रधानमन्त्रीलाई आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।

प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।

प्रचण्डभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दुतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए ।

दुतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖