• Thursday 22nd of October 2026

एमाले–कांग्रेसमाथि रिस होइन, हामीले भन्दा राम्रो गरेर देखाऊ : महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको रिस गरेर हैन पार्टीभन्दा राम्रो गरेर देखाउन नयाँ सरकारलाई चुनौती दिएका छन् ।

‘एमाले–कांग्रेसमाथि रिस होइन, हिम्मत छ भने हामीले भन्दा राम्रो गरेर देखाऊ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेसबुकमा लेखे जस्तो देश बन्दैन, कामले मात्र देश बन्छ।’

उनले कुराले चिउरा नभिज्ने भन्दै काम गरेर देखाउन चुनौती दिएका हुन् । ‘कुरोले चिउरा भिज्दैन सम्धी । चिउरा भिज्न त दही वा दूध चाहिन्छ, नभए पानी भए पनि चल्छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖