काठमाडौ । अन्तरिम सरकारमा कुलमान घिसिङलाई उर्जामन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएपछि आम नेपालीमा आशा जागेको छ ।
नियुक्त गरेसँगै सामाजिक सञ्जालमा बधाई दिने र कुलमानको पक्षमा बहस गर्नेहरु बढेका छन् । उर्जा क्षेत्रबारे राम्रो ज्ञान भएका व्यक्ति नै उर्जामन्त्री बनेको भन्दै धेरैले सरकारलाई धन्यवाद दिइरहेका छन् । अर्कोतर्फ अब उर्जा क्षेत्रमा नेपालले फड्को मार्ने भन्दै सर्वसाधारणमा खुसियाली छाएको छ ।
हामी बिजुली बेचर काम नै नगरी खान पाउने नागरिक हो । जसरी यसअघि पेट्रोलियम बेचेर अरबका नागरिक स्वदेशमा खर्च गर्न नसकेर राज्यले नै पैसा दिएर खर्च गरेर आउ भनेर पठाउँछ । यो हाम्रो युग थियो । तर गर्न सकेनन् ।
अब बिजुली बचेर देश दुनियाँको धनी बन्नेछ । नागरिकलाई राज्यले जतिपनि पैसा दिनसक्ने छ भन्दै नागरिकहरुले बहस गर्न थालिसकेका छन् । उनलाई चुनावपछि निर्वाचित मन्त्रीका रुपमापनि ल्याउनुपर्ने उनीहरुको भनाई छ ।
