• Thursday 22nd of October 2026

केपी बा को घर राष्ट्रिय पुस्तकालय बनाएको भए के हुन्थ्यो ?” :महेश बस्नेत


  • धनकुटा खबर
  • .

महेश बस्नेतको निर्देशन–प्रहरी चौकी बनाउनुस्, आगजनी गर्नेका भिडिओ डाउनलोड गर्नुस्

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कार्यकर्तालाई कडा निर्देशन दिएका छन्। एक भिडियोमा उनले आफ्ना समर्थकलाई भनेका छन्, “प्रहरी चौकी बनाउनुस्, आगजनी गर्नेका भिडिओ डाउनलोड गर्नुस्।”

बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय पिता भन्दै उहाँको घरमा आगजनी गर्नेहरुलाई तुरुन्त कारबाही गर्नुपर्ने बताएका छन्। उनले भने, “केपी बा राष्ट्रिय पिता हो, उहाँको घर जलाउनेलाई सजाय दिनैपर्छ, भिडिओ हरु डिलिट हुन सक्छन्, अहिले नै डाउनलोड गर्नुहोस्।”

त्यसैगरी उनले थपे, “केपी बा को घर राष्ट्रिय पुस्तकालय बनाएको भए के हुन्थ्यो ?”

बस्नेतको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। कतिपयले उनको वक्तव्यलाई ओलीप्रतिको निष्ठा ठानेका छन् भने अरूले भने यस्ता अभिव्यक्ति तनाव बढाउने मात्र भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖