नवनियुक्त तीन मन्त्रीज्यूलाई हार्दिक बधाई। विशेषगरि पूर्व-अर्थसचिव रामेश्वर खनालज्यू अर्थमन्त्री पदमा नियुक्त हुनुभएकोमा शुभकामना व्यक्त गर्दछु। मन्त्रीको पद ग्रहण गर्दै तपाईँले “क्वाटर नलिने, गाडी नलिने, तलब नलिने” भनी सार्वजनिक घोषणा गर्नुभएकोमा धन्यवाद त्यो राम्रो कुरा भयो।
Genz पुस्ताले भ्रष्टाचारीलाई होइन, रोजगारी नपाएका गरिबलाई अघि ल्याउने र नेपोटिजमलाई हटाउने प्रतिज्ञा गरि सत्ता प्राप्त भएको थियो। यो प्रश्नहरू यसप्रकार छन् ।
• “क्वाटर नलिने, गाडी नलिने, तलब नलिने” भन्नुको अर्थ तपाईंसँग मन्त्रीको लागि पर्याप्त निजी सम्पत्ति (घर, दुई/तीनवटा गाडी, महत्त्वपूर्ण आय) पहिले नै छन्?
• तपाईँले र अर्थ सचिब हुदा तपाईँका परिवारका नाममा रहेको सम्पत्तिको पारदर्शिताका लागि छानबीन गर्न तयार हुनुह्न्छ?
कुलमान घिसिङजीलाई पनि बधाई। तपाईको परिवार दाइ भाइ र भतिजाहरूका नाममा देखिएका लामा कन्सट्रकसन ठेक्का र सप्लाइ कारोबारको विषयमा पारदर्शिता र छानबिन पनि आवश्यक देखिन्छ। विद्युत प्राधिकरणका एम डी भएको मसमयमा ठेक्का र खरिद प्रक्रियामा उठेका प्रश्नहरू (अख्तियार, सम्पत्ति शुद्धिकरण, संसदीय फाइलहरूमा देखिएका मुद्दा) को अनुसन्धान तपाईँबाट सुरु भएमा अझ विश्वास जग्नेछ।
ओमप्रकाश अर्यालज्यू गाई काटेर खानुपर्छ भनेर सर्वोच्चमा मुद्दा हाल्ने मान्छे हुन्। नेपालको कानुनमा गाईलाई राष्ट्रिय जनावर मानिन्छ र धार्मिक सहिष्णुता भड्काउने र हिन्दू धर्मलाई डोमिनेट गरेर अरु धर्मलाई प्रोत्साहन गर्ने व्यक्ति हुन् धार्मिक संवेदनशीलता र बहुलतालाई असर पुर्याउन सक्ने भएका कारण त्यस्ता व्यक्तिहरूको पृष्ठभूमि Genz भतिज भतिजा हेरुले हेर्न पर्दैन ?
छोराछोरीहरू : हो, हाम्री ठुलो आमा तिमीहरुको हजुरआमालाई प्रधानमन्त्री बनायौ। हाम्रा दाइ–भाइहरूले तिम्रा ठूला अङ्कलहरूलाई मन्त्री बनायौ। साँच्चै सरकार र नयाँ नेतृत्वले भ्रष्टाचार र नेपोटिजम विरुद्ध सच्चा परिवर्तन देखाउन चाहन्छ भने छानबिन र जवाफदेहिता आफ्नैबाट सुरु गर्ने सहनशीलता र साहस देखाउनुपर्छ ।
