• Thursday 22nd of October 2026

ब्रिफिङ गर्दै थिए अर्थमन्त्री खनाल, पर्वतका पौडेलले झपारे


  • धनकुटा खबर
  • .

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा एक व्यक्तिले आक्रोश पोखेका छन् । उनी हुन्, पर्वतका शालिकराम पौडेल ।

‘७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट छैन,’ कर्मचारीलाई आफूले बोलेको कुरा नोट गर्न निर्देशन दिइरहेका मन्त्री खनालको छेउमा पुगेका पौडेलले भने ।

त्यसपछि मन्त्री खनालले ‘एक छिन ल’ भन्दै रोक्दा उनी थप जङ्गिए । ‘हामीले पनि आन्दोलन गरेका हौँ । तपाईँ त्यसै मन्त्री भएको हो र ? कुरा सुन्नुस् यहाँ,’ भन्दै आक्रोश व्यक्त गर्न थाले पछि प्रहरीले उनलाई तानेको थियो ।

तर उनी नरोकिएपछि मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुरको शुभ नाम के पर्‍यो ?’ भनेर सोधेका थिए । जवाफमा पौडेलले आफ्नो परिचय दिँदै मन्त्रालयमा बदमासहरू रहेकोले आन्दोलन भएको बताएका थिए । ‘एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र ?’ उनले प्रश्न गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖