• Thursday 22nd of October 2026

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो ।

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ ।

चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖