काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल परिसरमा जेनजी प्रदर्शनकारीहरुले लेखेका भित्तेलेखनहरु मेटिएका छन् ।
एमाले कार्यकर्ताहरुले आफ्ना नेताविरुद्द लेखिएका भित्तेलेखनहरु मेटेका हुन्।
‘भित्ताभरी गाली शव्दहरुले लेखिएका थिए । जुन हेरेर बसिरहन सकिदैनथ्यो, त्यसैले मेटेका हौं’ कोशी प्रदेश सदस्य रोशन बस्नेतले भने।
प्रदर्शनकारीहरुले च्यासलमा आगो लगाएपछि केपी ओलीविरुद्ध भित्ताहरुमा लेखेका थिए।
भित्तेलेखन मेटेका एमालेले च्यासलको सरसफाई गर्ने, झण्डा राख्ने लगायत गतिविधि गर्न थालेका छन्।
