• Thursday 22nd of October 2026

प्रधानमन्त्री कार्कीको मन्त्री बनिदिने अफरमा सन्दुकको जवाफः ‘विरामी छाडेर आउँदिनँ’


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ भदौ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रूइतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरेका छन् ।

आज (मंगलबार) प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर डा.रूइतलाई क्याविनेटमा सहभागी भइदिन आग्रह गरेकी थिईन् । सो क्रममा डा.रुइतले आफू विरामी छाडेर मन्त्रिपरिषद्मा नजाने बताए ।

‘सन्दुक रुइतज्यू क्याविनेटमा आउँदै हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, यहाँ छोडेर आउने ? विरामीलाई छोडेर आउँदिनँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖