काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् ।
जेन–जी आन्दोलनको संश्लेषण र आगामी रणनीतिबारे आफ्नो १६ बुँदे प्रस्ताव राख्दै उनले भनेका छन्, ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।’