• Thursday 22nd of October 2026

महेश बस्नेत माथि शंका गर्दै सुदन गुरुंगले भने-मोटरसाइकल र गाडीले लगातार पछ्याए


  • धनकुटा खबर
  • .

काठमाडौ । सुदन गुरुङले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै मोटरसाइकल र गाडीले लगातार फलो गरिरहेको बताएका छन्।

भिडियोमा उनले भनेका छन्, “होन्डा साइन आएको छ, अघि पल्सर थियो, गाडी पनि थियो बीच–बीचमा। मलाई केही भयो भने तिमीहरू अघि बढ्नुपर्छ है केटाकेटी हो।

झोलेहरूले प्रपोगण्डा गरिरहेका छन्, लड्नु आफैं छ, गाली पनि खानु छ। यो मान्छेहरू सुध्रिन्छ जस्तो लागेन। इट्स टाइम टु राइज।”

नेपाल प्रेससँग कुरा गर्दै गुरुङले आफूलाई कसैले फलो गरिरहेको शंका लागेको बताए। उनका अनुसार अहिले १५–२० जना जनताले उनलाई सुरक्षा दिइरहेका छन्।

महेश बस्नेतप्रति शंका व्यक्त गर्दै गुरुङले भने, “खै, महेश बस्नेत अंकल खुब उफ्रिरहेका छन्। मलाई उनले ओपन च्यालेन्ज दिएको रहेछ। सायद त्यही अंकल नै होला।”

तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भने यसबारे कुनै जानकारी नभएको स्पष्ट पारेका छन्। उनका अनुसार सुधन गुरुङले असुरक्षासम्बन्धी कुनै जानकारी प्रहरीलाई दिएका छैनन्।

गुरुङले आफूलाई पछ्याएर केही हुने नभएको उल्लेख गर्दै, “लाखौं सुधन गुरुङहरू जन्मिसकेका छन्” भन्दै आन्दोलनलाई अगाडि बढाउने सन्देश दिएका छन्। -स्रोत :नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖