• Thursday 22nd of October 2026

भदौ २७ सम्म जसको नाम मतदाता नामावलीमा चढेको थियो, फागुनमा उसले मात्रै पाउँछ भोट हाल्न


  • धनकुटा खबर
  • .

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भदौ २७ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेले भोट हाल्न पाउने भएका छन्।

मतदाता नामावाली ऐन २०७३ अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनका लागि नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ।

भन्नुको मतलब, निर्वाचन मिति घोषणा भइसकेकाले अब नयाँ नाम दर्ता हुने छैन।

तर कसैले नागरिकता बनाउँदा मतदाता नामावलीमा पनि नाम दर्ता गराएका छन् र उनी आउँदो निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते १८ वर्ष पूरा हुन्छन् भने त्यस्ता व्यक्तिले पनि मतदान गर्न पाउने छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖