• Thursday 22nd of October 2026

यी हुन् जेन्जी आन्दोलनमा ‘बिष्णु पौडेल’ भनेर आक्रमणमा परेका व्यक्ति


  • धनकुटा खबर
  • .

भदौ २४ गतेको आन्दोलनमा आक्रमणमा परेका व्यक्तिलाई सुरुवातमा धेरैले ‘बिष्णु पौडेल’ भनेर प्रचार गरिएको थियो । तर वास्तवमा ती व्यक्तি ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर तण्डन हुनुहुन्थ्यो ।

आन्दोलनकै क्रममा हातमा गोली लागेका एक घाइतेलाई तत्काल शल्यक्रिया आवश्यक परेकोले ग्रीन सिटी अस्पतालले एम्बुलेन्समार्फत शिक्षण अस्पताल पुर्‍याई फर्कने क्रममा उहाँलाई आन्दोलनकारीहरूले ‘यिनै बिष्णु पौडेल हुन्’ भनेर गलत बुझाई आक्रमण गरेका रहेछन् ।

नेताको अनुहारसमेत नचिनेका आन्दोलनकारीहरूले अरूको भनाइमा मात्रै भर पर्नु कति खतरनाक हुन्छ भन्ने उदाहरण यही हो । कति सर्वसाधारणले निर्दोष भएर पनि मारपिट खेप्नु पर्‍यो, कति जनाको सम्पत्ति नष्ट भयो भन्ने अनुमान गर्न सकिन्छ ।

सौभाग्यवश भिडमै रहेका केही युवाले उहाँलाई चिनेर ‘उनी ग्रीन सिटी अस्पतालका सञ्चालक हुन्’ भनी पहिचान गरिदिएपछि ज्यान जोगिएको रहेछ । यस्तो घुसपैठ गर्ने, अपराध गर्ने समूहलाई कडा भन्दा कडा कारबाही होस् भन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖