• Wednesday 7th of October 2026

ओली र बस्नेतलाई धन्यवाद दिँदै दुर्गा प्रसाईंले फेसवुकमा लेखे यस्तो स्टाटस, कसरी तिर्लान पैँचो ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाउँदै पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने बताएका छन् ।

उनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद समेत दिए ।

उनले लेखेका छन् ‘हजुरबुबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ १ तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ ! प्रतीक्षा गर्नुहोस् !’

उनलाई केही व्यक्तिले आज कालो मोसो दलेका थिए । प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖