• Monday 5th of October 2026

साम्बा इजरायलबाट स्वदेश फर्कने तयारीमा


  • धनकुटा खबर
  • .

व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा स्वदेश फर्कने भएकी छिन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा मंगलबार स्वदेश फर्कन तयारीमा छिन् । उनी बुधबार स्वदेश आइपुग्नेछिन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि स्थगित भएपनि उनी फर्कन लागेकी हुन् ।

‘म भएको ठाउँमा अहिले आत्तिनुपर्ने अवस्था छैन तर लिगका खेलहरु अनिश्चित समयका लागि स्थगित भएकोले फर्कन लागेको हुँ , उनले भनिन्, केही साताको नेपाल बसेपछि अवस्थ हेरेर पुन इजरायल फर्कनेछु ।’ साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । चार दिन अघि उनको गोलमा टोली हाराबाट जोगिएको थियो ।

चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।
साम्बा सम्मलित टोलीले लिगका ४ खेलमा १ मा जित, २ मा बराबरी र १ खेल खेलमा हार बेहोरेको छ । ५ अंकका साथ टोली अंक तालिकाको पाँचौ स्थानमा छ ।

युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी एिको छ । स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताइएको छ । शनिबार बिहानैबाट भएको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाएका छन् । गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖