• Monday 5th of October 2026

नेपालले पायो वेस्ट इन्डिजविरुद्धको पहिलो द्विपक्षीय क्रिकेट शृंखला जित्दै ऐतिहासिक सफलता हात


  • धनकुटा खबर
  • .

नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो द्विपक्षीय क्रिकेट शृंखला जित्दै ऐतिहासिक सफलता हात पारेको छ।

लगातार दुई खेल जितेपछि नेपालले एक खेल अगावै शृंखला आफ्नो नाममा पारेको हो। यसअघि नेपालले एसोसियट राष्ट्रहरूसँग मात्रै द्विपक्षीय शृंखला खेलेको थियो, तर टेस्ट राष्ट्रसँगको पहिलो शृंखलामै विजय हासिल गर्नु नेपाली क्रिकेटको लागि माइलस्टोन बनेको छ।

दोस्रो खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबै विभागमा गजबको प्रदर्शन गर्दै ९० रनको फराकिलो जित हात पारेको थियो। आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गरेर टोलीलाई ठोस आधार दिए भने मोहम्मद आदिल आलमले ३ वर्षपछि पुनरागमन गर्दै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र अन्य खेलाडीहरूको सामूहिक प्रयासले वेस्ट इन्डिजलाई सुरुदेखि नै दबाबमा राख्यो।

कप्तान रोहित पौडेलले यो जितलाई नेपालको क्रिकेटको क्षमताको प्रमाण बताएका छन्। उनले आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेर वेस्ट इन्डिजलाई क्लिनस्वीप गर्ने लक्ष्य रहेको बताए।

मंगलबार हुने अन्तिम खेल जिते नेपालले पहिलोपटक कुनै पनि शृंखलामा क्लिनस्वीपको इतिहास बनाउन सक्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖