• Wednesday 7th of October 2026

सुनको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖