• Wednesday 7th of October 2026

भुवन केसीलाई नीर शाहको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको पक्षमा काम नगरे अध्यक्षबाटै विस्थापित गर्ने चेतावनी दिएका छन् । सोमवार चलचित्र निर्माता सङ्घको १७ औँ वार्षिक साधारण सभामा शाहले यस्तो चेतावनी दिएका हुन् ।

उनले भुवन केसीलाई त्यो कुर्सी अस्थायी भएको र जसरी स्थापित गरिएको थियो त्यसरी नै विस्थापित गर्न सकिन्छ भन्दै चेतावनी दिए ।

उनले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको समेत बताए ।

त्यसको उत्तरमा भुवन केसीले आफ पनि चलचित्र क्षेत्रको विकासका लागि आएको बताए । उनले भने,’ म पनि चलचित्र क्षेत्रको विकासका लागि आएको हो, जागिर खान होइन । मेरो जागिर जान्छ भन्ने चिन्ता छैन ।’

उनले आफू तत्काल जागिर छोड्न तयार रहेको समेत बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖