• Monday 5th of October 2026

बालेनले खाने सुठ्ठाको क्वालिटी परफेक्ट :ज्योति मगर


  • धनकुटा खबर
  • .

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा गरेको आपत्तिजनक मध्यरातीन स्टाटसबारे कलाकार ज्योति मगरले व्यंग्यात्मक प्रतिक्रिया दिएकी छन्।

उनले आफ्नो फेसबुकमा लेख्दै बालेनको पछिल्लो अभिव्यक्ति असन्तुलित भावनाको परिणाम भएको टिप्पणी गरेकी हुन्।

मगरले लेखेकी छन्, “गरिबको चमेली बोल्दिने कोही छैन भन्दै ठेला उठाउनु भयो, म नेपाल हाँसेको हेर्न चाहन्छु भन्दै देश जलाउनु भयो… जुन शक्ति को आडमा फिल्मी स्टाइलमा बित्दा मच्चाउनु भयो, अहिले त्यही शक्तिले थेचार्न थालेपछि असन्तुष्टि देखियो।”

उनले बालेनको स्टाटस मेटिएको प्रसंग जोड्दै लेखेकी छन्, “धन्न भाउजूले आधा घण्टामै थाहा पाई डिलेट गर्न लगाउनुभयो, नत्र कति धेरै भ्यूज, लाइक र कमेन्ट आउँथ्यो।”

ज्योति मगरले बालेनको पोस्टलाई “भडास डिटक्स” र “मनोवैज्ञानिक विस्फोट” को रूपमा चित्रित गर्दै उनको व्यवहारमा अस्थिरता देखिएको संकेत गरेकी छन्।

सामाजिक सञ्जालमा उनको उक्त टिप्पणी अहिले भाइरल बन्दै गएको छ, जहाँ प्रयोगकर्ताहरूले कलाकार र बालेन दुबैका अभिव्यक्तिबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖