काठमाडौँ । गायिका ज्योति मगर समसामयिक विषयमा तिखो व्यङ्ग्य गर्न माहिर छिन् । उनी आफ्नो क्षेत्रका होस् वा राजनीतिक क्षेत्रका, आफूलाई चित्त नबुझेका कुरा सिधै सामाजिक सञ्जालमा राख्दै पनि आएकी छन् ।
यस्तैमा पछिल्लो समय अभिनेत्री नीति शाहले एक कार्यक्रममा मन्त्रीसँग भ्यानेटी भ्यान माग गरेको विषयमा पनि उनले तीखो टिप्पणी गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आम नेपालीले सिटामोल खानु पाको छैनन्, आम नेपालीका बालबच्चाले दक्ष शिक्षा पाएको छैनन्, हाम्रा हिरोइनहरू सुसु गर्न सजिलो हुने भ्यानेटी भ्यान चाहिएको छ । सरी माफ माफ पाऊँ है सरकार र मन्त्रीहरुसंग माग पनि आ– आफ्नो लेबलको हुनी के । हामीलाई शिक्षा स्वास्थ्य र गाँसबास, कपास आवश्यकता छ ।
सेलेब्रेटीहरुलाई वाइफाइ, सोसल मिडिया र भ्यानेटी भ्यानको आवश्यकता छ । लौन संचारमन्त्री ज्यु हिरोइन बुइनीहरुको माग पूरा गरिदिनुपर्यो ।
