• Monday 5th of October 2026

नेपालका सरद भेषवाकरले क्रिकेटबाट गरे सन्यास घोषणा


  • धनकुटा खबर
  • .

नेपालका अनुभवी क्रिकेटर सरद भेषवाकरले हङकङ सिक्सको अन्तिम खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

लामो समयदेखि नेपालका मिडल अर्डरका भरपर्दा ब्याट्सम्यान रहेका उनले टिमलाई कठिन अवस्थामा धेरैपटक स्थिरता दिलाएका थिए।

भेषवाकरले नेपालका लागि अनेक ऐतिहासिक खेलमा योगदान दिएका छन्, विशेष गरी टी–२० विश्वकप छनोट र एसीसी प्रतियोगिताहरूमा उनको प्रदर्शन स्मरणीय छ। शान्त स्वभाव, अनुभव र खेलप्रतिको समर्पणका कारण उनी नेपाली क्रिकेटका आदर्श खेलाडीमध्ये एक बने।

उनको करिअर नेपाली क्रिकेटको इतिहासमा प्रेरणादायी अध्यायका रूपमा सम्झिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖