• Monday 5th of October 2026

विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान भिड्दै

  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान खेल्दैछन् । यो खेल दिल्लीमा नेपालीसमयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले पराजित भएको थियो ।भारतले तेस्रो खेल शनिवार पाकिस्तानसँग खेल्नेछ । हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो ।

पाकिस्तानको लगातार यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै, हिजो नै भएकोअर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हराएको थियो ।

एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान खेल्दैछन् । यो खेल दिल्लीमा नेपालीसमयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले पराजित भएको थियो ।भारतले तेस्रो खेल शनिवार पाकिस्तानसँग खेल्नेछ । हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो ।

पाकिस्तानको लगातार यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

त्यस्तै, हिजो नै भएकोअर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हराएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖