एजेन्सी । एकदिवसीय विश्वकपमा मंगलबार इंग्ल्याण्डविरुद्धको खेलमा ढिलो ओभर फालेको भन्दै बंगलादेशमाथि म्याच फीको ५ प्रतिशत जरिवाना गरिएको छ । आईसीसीको उच्चस्तरीय प्यानलमा म्याच रेफ्री जवागल श्रीनाथले बंगलादेशले निर्धारित समयमा १ ओभर कम फालेकोमा दोषी ठहर गरेका हुन् ।
फिल्ड अम्पायर अहसान रजा र पल विल्सन, थर्ड अम्पायर एड्रियन होल्ड स्टक र चौथो अम्पायर कुमार धर्मसेनाले बंगलादेशले ढिला ओभर फालेकोमा दोषी मान्दै म्याच रेफ्रीसँग उजुरी गरेका थिए ।
श्रीनाथले यसलाई स्वीकार गर्दै जरिवाना तिराउने निर्णय गरे । यो खेल धर्मशालामा खेलाइएको थियो ।
