• Wednesday 7th of October 2026

यसरी ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगे कार्यकर्ता


  • धनकुटा खबर
  • .

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् ।

मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् ।

सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् ।

एमाले नेता–कार्यकर्ताहरुको भीड हवाई जहाजको ढोकैमा पुगेको छ । ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖