• Monday 5th of October 2026

भारतविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दुईपटकको च्याम्पियन भारतविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।

बुधबार नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा हुने खेलका लागि भएको टस जितेर अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहिदीले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङको निम्तो दिए । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो ।

यसअघि, पहिलो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ६ विकेटले हराएको थियो । अफगानिस्तान भने यसअघि पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले नै पराजित भएको थियो । एकदिवसीय विश्वकपको इतिहासमा भारतले दुईपटक उपाधि जितेको छ ।

भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो । अफगानिस्तानले भने हालसम्म विश्वकपको उपाधि जितेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖