• Wednesday 7th of October 2026

सुदूरपश्चिम एमाले उपाध्यक्षमा शाही निर्विरोध


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए ।

उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र नजुटे मतदानमा जाने तयारी छ । अहिलेसम्म अध्यक्षका प्रत्याशी बच्चन सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि कृष्ण जैसी र भरत साउदबिच सहमतिको प्रयास भइहरेका छ । साउदले आफूले भनेका दुई जनालाई उपसचिव बनाउनुपर्ने सर्त अघि सारेका छन् । उनले नरबहादुर विक र भागीरथी विष्टलाई उपसचिव बनाउनुपर्ने बताएका छन् । सचिवमा पनि दुई जनाको उम्मेदवारी कायमै रहेको छ । रणबहादुर चन्द र रतनराज रेग्मी प्रत्याशी छन् ।

उपसचिवमा भागीरथी विष्ट, चन्द्रकला राना, अशोक चन्द, नरबहादुर विक, रामरत्न जोशी र सुरेन्द्र पाल प्रत्याशी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖