काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध चौथो विकेट लिएको छ ।
रवि बोपराले विकेट लिँदै चितवनलाई चौथो सफलता दिलाएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले मिलिन्द कुमारलाई चौथो विकेटका रूपमा गुमाएको हो ।
बोपराले मिलिन्दलाई ३८ रनमा बोल्ड आउट गराएका हुन् ।
