• Monday 5th of October 2026

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ रन जोड ।

यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖