• Monday 5th of October 2026

कर्णालीले साबिक विजेता जनकपुरलाई ३ रनले हरायो


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।

जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रनमा समेटियो ।

कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ जनकपुरका लागि आदित्य महता र ललित राजवंशीले दुई/दुई विकेट लिए ।

यसैगरी जनकपुर बोल्ट्सका लागि ब्याटिङ गर्ने क्रममा सञ्जय कृष्णमुर्तिले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए ।

बलिङतर्फ कर्णाली याक्सका लागि विलियम विसिस्टोले २ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖