काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन्।
समाजवादी मोर्चाले बुधवार झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका हुन्।
‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूले अपराधीकरण गर्न खोजिँदै छ। झुन्ड्याउन खोजिँदै छ। म चेतावनी दिन चाहन्छु। यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ। त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन। १० दिनमा अर्को जनयुद्ध हुन्छ। त्यसले सबैलाई बढारेर लैजान्छ’, उनले भने।
आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो भन्दै उनले प्रश्न गरे।
