• Wednesday 7th of October 2026

रिगलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ।

रिगल समेतको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा (मानन्धर) ले दायर गरेको रिटमाथि सर्वोच्चले बिहीबार दोस्रो सुनुवाइ गर्न लागेको हो ।

संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल थुनामुक्त भएपछि हत्या गरिएका नेपागञ्जका चेतन मानन्धरकी पत्नी भारतीले दिएको रिटमा सर्वोच्चले आजसम्म राष्ट्रपतिको निर्णयको सक्कल कागजात पेस गर्न आदेश दिएको थियो ।

आदेशअनुसार मंगलबार जवाफ पठाइसकिएको बताइएको छ । ‘डन’को छवि बनाएका रिगलले २०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा चेतन मानन्धरको हत्या गरेका थिए। जन्म कैदको सजाय पाएका रिगललाई सरकारले छोडेपछि पीडित परिवारसमेत त्रासमा बाँचिरहेका छन्।

यसअघि गत बिहीबार (असोज १८ गते) प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले रिगललाई माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो। चेतनकी श्रीमती भारती न्यायको लागि हाल काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖