• Monday 5th of October 2026

मेस्सीलाई नजिकबाट हेर्न नपाएपछि तोडफोडमा उत्रिए आक्रोशित फ्यान


  • धनकुटा खबर
  • .

कोलकाता । भारत भ्रमणमा रहेका फुटबल स्टार लियोनल मेस्सीको उपस्थिति कोलकाताको साल्ट लेक स्टेडियममा निराशाजनक भएपछि आक्रोशित फ्यानहरूले सिटहरू च्यात्नुका साथै पिचतर्फ सामानहरू फालेका छन्।

मेस्सीको झलक हेर्नका लागि हजारौँ प्रशंसकले १२,००० भारुसम्म तिरेका थिए। तर, उनी मैदानमा हिँड्दै आउँदा अधिकारीहरू र सेलिब्रेटीहरूको ठूलो समूहले उनलाई ढाकिदिएपछि फ्यानहरू निराश भएका थिए। अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड मेस्सी सुरक्षाकर्मीसँग करिब २० मिनेटमै बाहिरिएपछि भीड आक्रोशित बनेका थिए।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस घटनाबाट आफू ‘गहिरो रूपमा विचलित र स्तब्ध’ भएको बताइन्।

उनले घटनाको छानबिनको घोषणा गर्दै मेस्सी र स्टेडियममा भएको घटनाका लागि ‘खेलप्रेमीहरूसँग माफी’ मागेकी छन्। मुख्यमन्त्रीले एक्समा भनिन्, ‘छानबिन समितिले घटनाको विस्तृत जाँच गर्नेछ, जिम्मेवारी निर्धारण गर्नेछ र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनका लागि उपायहरू सिफारिस गर्नेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖