• Wednesday 7th of October 2026

साथीको शरीरमा आगो लगाएर फरार भएका शिवु पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– सँगै काम गर्ने साथीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको सोबर्णपुर गाउँपालिका–६ घर भइ ललितपुरको ग्वार्को बस्दै आएका २६ वर्षीय शिवु भनिने सुवास विक छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज २३ गते सुन्धाराबाट पक्राउ गरेको हो। ग्वार्कोस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने शिवुले सँगै काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई असोज २२ गते राति साढे १ बजेतिर पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। साथीको शरीरमा आगो लगाएर शिवु फरार भएका थिए।

शिवुले पेट्रोल छर्केर लगाएको उक्त आगोमा परेर अन्य २ जना समेत घाइते भएका थिए। घाइते तीनै जनाको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका शिवुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖