• Sunday 4th of October 2026

गाजामा शरणार्थी शिविर बन्यो अस्पताल


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलको लगातार आक्रमणका बीच गाजाको अवस्था झन् कठिन बन्दै गएको छ । गाजाको एक अस्पतालमा कार्यरत एक डाक्टरले त्यहाँको अवस्थाबारे बीबीसीलाई जानकारी दिएका छन् ।

अस्पताल क्षमताभन्दा बढी भाइते भरिभराउ भए पनि घाइते आउने क्रम जारी रहेको उनले बताए । प्यालेस्टिनी शल्यचिकित्सक घसान अबु सिट्टाले गाजामा काम गरिरहेको अस्पताल शरणार्थी शिविर बनेको बताएका छन् ।

डा सिट्टाले बीबीसीलाई भने, “मानिसहरू डराउँछन् र आफ्नो परिवारलाई अस्पतालको परिसरमा बस्न ल्याइरहेका छन्। उनीहरूले यसलाई सुरक्षित ठाउँ ठान्छन्।”

उनले भने, ‘अस्पतालमा घाइतेको लाम लागेको छ ।’ यो अस्पताल क्षमताभन्दा बढी भरिएको चिकित्सक सिट्टाले बताए । गाजाका अन्य अस्पतालहरू पनि उस्तै अवस्थामा छन्।

“गाजाका अस्पतालहरूमा २२०० देखि २५०० बेडहरू छन् र हामीसँग ४५०० घाइते छन्,” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖