• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पूर्व गृहमन्त्री लेखकमाथि लगाएको स्थान हद फुकुवा


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ पुस । भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथि लगाएको स्थान हद फुकुवा गरेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै लेखकको बयान सकिएकाले उनको स्थान हद र विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गरिएको बताए ।

त्यस्तै, आयोगका अध्यक्ष कार्कीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अबको केही दिनमा बयानका लागि बोलाउने तयारी भइरहेको बताए । ओलीलाई बयानका लागि पत्र काटिने उनले बताए ।

यद्यपि एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीले भने आफू बयानका लागि नजाने बताउँदै आएका छन् । ओलीले कार्की आयोगलाई असंवैधानिक बताउँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖