• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

छायाँ सरकार घोषणा गर्दै प्रधानमन्त्रीका ‘जेठा छोरा’


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरा’ भनिएका सुधन गुरुङले ‘सिभिलियन फोर्स’ नामक युवा संगठन बनाएका छन् । उनले आज मध्यराती ११ः११ बजे औपचारिक रुपमा उक्त संगठन घोषणा गर्न लागेका हुन् ।

उक्त फोर्सले छायाँ सरकारको रुपमा काम गर्ने गुरुङको भनाई छ । उनका अनुसार फोर्समा हालसम्म दुई सयभन्दा बढी युवाहरु आवद्ध भइसकेका छन् । उपत्यकाबाहिरका युवाहरुलाई पनि फोर्समा जोडिने उनीहरुको तयारी छ ।

फोर्समा आवद्ध एक युवाका अनुसार माओवादीको वाईसीएल, एमालेको युवा संघ र कांग्रेसको तरुण दलभन्दा फरक संरचनामा संगठन निर्माण गरिएको हो । प्रविधिमा अब्बल युवाहरुलाई प्राथमिकतामा राखिने फोर्सले सरकारको कामकारवाहीमाथि निगरानी राख्ने बताइएको छ ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖