• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पार्टी फुट्छ : देउवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको विकल्प अगाडि सारेपछि सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका छन्।

बिहीबार साँझ देउवा निवास महाराजगञ्जमा देउवाले खड्का र लेखकलाई बोलाएर महामन्त्रीद्वयको कदमबारे छलफल गरेका हुन्। छलफलमा सहभागी नेता लेखकले महामन्त्रीको कदमलाई गम्भीर ढंगले लिएर आन्तरिक परामर्श थालेको बताए।

महामन्त्रीद्वय जिम्मेवारीबाट पन्छिएर नियमित महाधिवेशन नहुन नसकेको दोष आफूलाई बोकाउन खोजेको सभापति देउवाको आशय थियो।

‘विशेष महाधिवेशन कुनै हालतमा गर्न हुँदैन। त्यसले पार्टीमा विभाजन ल्याउँछ। नियमित महाधिवेशन गर भनेको हुँ। त्यही अनुसार तिथि मिति पनि तोकिएको हो। प्रयत्न गर्दा गर्दै हुन सकेन। नियमित अधिवेशन नहुनुमा मेरो के दोष ?’ देउवाको प्रश्न थियो।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि गरेका गतिविधिबारे छलफल गर्न सभापति देउवाले भोलि बिहान पार्टीका शीर्ष नेताहरूलाई बोलाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖