• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हिजो ‘दुई कौडीका गुण्डा’, आज राजनीतिक सहयात्री — टीकापुर काण्डले उठायो नैतिक प्रश्न


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टीकापुर हत्याकाण्डलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै सम्झौता गरेपछि पार्टी सभापति रवि लामिछानेको पुरानो अभिव्यक्ति पुनः चर्चामा आएको छ।

सञ्चारकर्मी हुँदा उनले टीकापुर घटनालाई जघन्य अपराध भन्दै कडा शब्दमा निन्दा गरेका थिए, तर अहिले लक्ष्मण थारुसहितका थरुहट नेताहरूलाई पार्टी प्रवेश गराउँदा उक्त घटनालाई राजनीतिक आन्दोलन मान्ने सहमति गरिएको छ। यसले रविको अघिल्लो धारणा र हालको राजनीतिक निर्णयबीच गहिरो विरोधाभास देखिएको छ।

सम्झौतापछि रवि लामिछानेले आफूले पत्रकारका रूपमा अपर्याप्त सूचनाका आधारमा टिप्पणी गरेको भन्दै आत्मालोचना र माफी मागेपछि थप बहस चर्किएको छ।

पार्टीभित्रै केही नेताहरूले गम्भीर आपत्ति जनाउँदै जघन्य अपराधलाई राजनीतिक आवरण दिनु अनुचित भएको टिप्पणी गरेका छन्। यस घटनाले रास्वपाको राजनीतिक इमानदारी, नैतिकता र नेतृत्वको दिशामाथि प्रश्न उठाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖