काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नरहेको दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदका लागि सहमति (सम्झौता) गरेका घिसिङले कुनै पनि दलको सदस्य नभएको दाबी गरेका हुन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले दलमा आबद्ध नभएको बताए ।
