• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कुलमानद्वारा राजीनामा, पत्रकार सम्मेलनमार्फत घोषणा गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् ।

पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिन लागेकाे घिसिङले राताेपाटीलाई बताए ।

उनी गत भदाै ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए । उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियाे ।

घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन् ।

गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो ।

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको थियो । घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति हुने सहमति भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖