• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिका भ्रमण सकेर राजीनामा दिन बब्लु तयार


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पार्टीको गतिविधिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन भनेपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्।

कार्कीले मन्त्रिपरिषद बैठकमै कुलमानसहित अर्का मन्त्री बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन भनेकी थिइन्। मन्त्री खरेलले आफू कुनै पनि दलमा आवद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट गर्दै राजीनामा नदिने अडान लिएका छन्।

तर, अर्का मन्त्री गुप्ता भने राजनीतिमा होमिने संकेत गरेका छन्। उनीनिकट स्रोतका अनुसार अमेरिका भ्रमणको तयारीमा रहेका गुप्ताले त्यहाँबाट फर्केपछि राजीनामा दिने मुड बनाएका छन्। कुलमानको पार्टी र रास्वपाबीच एकताको सहमति हुँदा सँगै गुप्ता देखिएका थिए ।

मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसकेकाले रातो पासपोर्ट र सरकारी सुविधामा एक पटक अमेरिका पुगेर आएपछि राजीनामा दिने उनको तयारी बुझिएको छ । बैठकले अमेरिकामा आगामी माघ ३ गतेदेखि हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोष्ट जेन जी रिभोलुसनमा’ गुप्तालाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖