• Monday 5th of October 2026

सन्दीपले लिए त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने भएका छन् । बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृङ्खलामा आफू सहभागी नहुेने जानकारी गराएका हुन् ।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन् ।

“भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय लिएको छु । म जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु,” उनले लेखेका छन् ।

घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖